FAQs Complain Problems

हेरचाहकालागि उत्प्रेरणा कार्यक्रम

परिचय (I2C)

करुणा फाउन्डेसन नेपाल र तत्कालीन जिल्ला विकास समिति इलाम तथा जिल्ला जनस्वास्थ्य कार्यालय इलामका बीच  मिति २०७१÷०३÷२६ गते इलाम जिल्लाका  राजनीतिक दलहरूको सहमति तथा समन्वयमा बाल अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका  व्यक्तिहरुलाई समुदायमा पुनस्र्थापना सहितको हेरचाहका लागि उत्प्रेरणा  (Inspire2Care) कार्यक्रम सञ्चालनका लागि तत्कालीन गा.वि.स.हरुसगँ सम्झौता भई कार्यक्रम संचालन भएको थियो । राज्यको पुर्नसंरचना पश्चात यस इलाम जिल्लाका सबै नगर तथा गाँउ पालिकाहरु हेरचाहका लागि उत्प्रेरणा  (InspireCare) कार्यक्रम निरन्तर संचालन गर्न सहमत भई हाल इलाम जिल्लाका सवै स्थानीय तहहरुमा यो कार्यक्रम संचालन भइरहेको छ । 

यसै सन्र्दभमा अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा पुनस्र्थापनाका लागि   हेरचाहका लागि उत्प्रेरणा  (Inspire2Care) कार्यक्रम आ.व. २०७६÷०७७ मा समेत निरन्तर सञ्चालन  गर्र्न  सूर्योदय नगरपालिका र करुणा फाउण्डेसन नेपालका वीच वार्षिक कार्ययोजना तर्जुमा गरी निम्न शर्तहरूका अधीनमा रही यो सम्झौता लागू गरिएको छ ।  

१. परिचय 

हेरचाहका लागि उत्प्रेरणा (Inspire2Care) कार्यक्रमको उद्देश्य  स्थानीय तहहरुसँगको लागत साझेदारी तथा स्थानीय तहहरुको नेतृत्वमा मातृ तथा शिशु स्वास्थ्यको  सेवाको गुणस्तरमा सुधार गरी  सेवाको पहुँच र उपभोगमा बृद्धि गर्दैै अपाङ्गता हुनबाट बालबालिकालाई जोगाउनु र अपाङ्गता भएका व्यक्तिको समुदायमैै पुनस्र्थापना गरी तिनको जीवनमा गुणस्तरीय सुधार ल्याउनु  हो । यस कार्यक्रमले सूर्योदय नगरपालिका तथा करुणा फाउन्डेसन नेपालको साझेदारीबाट  स्थानीय स्वास्थ्य संस्थाहरुको सेवा प्रदान गर्ने क्षमता र गुणस्तरमा सुधार गर्दै मोबाईल फोन प्रविधि समेतको प्रयोग गरेर प्रजनन उमेरका महिला, गर्भवती तथा सुत्केरी महिला एवं दश वर्र्ष मुनिका बालबालिकाहरुलाई प्रत्यक्षरूपमा र समुदायका अन्य व्यक्तिलाई अप्रत्यक्षरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ । त्यसैगरी यस कार्यक्रमले विश्व स्वास्थ्य संगठनले विकास गरेको समुदायमा आधारीत पुनस्र्थापना प्रणाली अनुसार अपाङ्गता भएका व्यक्ति तथा तिनको परिवारलाई सेवा प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार ल्याउनेछ ।  हेरचाहका लागि उत्प्रेरणा (Inspire2Care) कार्यक्रम लक्षित वर्गको सहभागिता एवं सहयोगमा तयार भएको तथा सूर्योदय नगरपालिकाद्वारा संचालित कार्यक्रम हो । 

१.१ सूर्योदय नगरपालिका 

नेपालको संविधान २०७२ को भाग ५ धारा ५६ को उपधारा १ बमोजिम उल्लेख गरिएकोे संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह मध्ये स्थानीय तह जो यसै संविधानको भाग १७ को धारा २१४ बमोजिम अनुसुची ८ र ९ मा उल्लेख गरिएको स्थानीय तहको कार्यकारी अधिकार निहित रहेको आधिकारीक तह हो । 

स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम उल्लेख गरिएको काम कर्तव्य र अधिकारको अधीनमा रही करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा विकास गरिएको हेरचाहका लागि उत्प्रेरणा  कार्यक्रम (Inspire2Care) संचालनको सम्पूर्ण जिम्मेवारी एंव अधिकार यसै निकायमा रहेको छ ।
    
  १.२ करुणा फाउन्डेसन 
काठमाण्डौमा मुख्य कार्यालय रहेको करुणा फाउन्डेसन नेपाल राष्ट्रिय गैरसरकारी संस्थाका रुपमा जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्धता प्राप्त संस्था हो । यसले विकासका सबै प्रयासहरू स्थानीय सरकारको नेतृत्व र समुदायको प्रत्यक्ष  सहभागितामा भएमात्र दिगो र प्रभावकारी हुने मान्यता राख्छ । यसको मुख्य उद्देश्य अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा  पुर्नस्थापना रहेको छ । यस संस्थाले सो उद्देश्य हासिल गर्न स्थानीय सरकार तथा समुदायसँगको सहकार्यमा  मातृ शिशु  स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाई जन्मजात हुने अपाङ्गता कम गर्ने, स्वास्थ्य सेवामा जनसमुदायको पहँुच बढाउने र अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा नै पुनस्र्थापनाका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्छ । करुणा फाउन्डेसनले आफ्नो नीति एवं क्षमता अनुसार स्थानीय सरकारसँग साझेदारी र सहकार्य गरी अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्तिहरुको समुदायमानै पुर्नस्थापना गर्न विकास गरिएको हेरचाहका लागि उत्प्रेरणा (Inspire2Care) कार्यक्रम सञ्चालन गर्न स्थानीय तहसँग शुरुका तीन वर्षहरुमा आर्थिक एवं प्राविधिक र पछिल्लो एक वर्ष प्राविधिक सहकार्य गर्नेछ । 

२. सम्झौताको अवधी र लागत
२.१    सम्झौताको अवधीः यस वर्र्षको सम्झौताको अवधी २०७६/०४/०१ देखि २०७७/०३/३१     (२०१९ जुलाइ १७  देखि २०२० जुलाई १५) सम्म हुनेछ । कार्यक्रमको प्रभावकारिताका आधारमा हरेक वर्र्ष कार्यक्रम सञ्चालन संझौता गरिने छ ।  

२.२    कार्यक्रम सञ्चालन खर्च र प्रारम्भिक लगानी : कार्यक्रम र त्यस अन्तर्गतका  क्रियाकलापहरु सञ्चालनका लागि आवश्यक रकमलाई  प्रारम्भिक लगानी खर्च र संचालन खर्च गरी दुई भागमा बाँडिएको छ ।

२.३  करुणा फाउन्डेसन नेपाल र  यस सूर्योदय नगरपालिका बीचको सहमतीमा निर्माण गरिएको प्रत्येक कार्यक्रम इकाइ तथा वडाहरुमा समुदायको सहभागितामा तर्जुमा गर्ने गरिएको छ ।

२.४ कार्यक्रमको कुल बजेट ः

 यो कार्यक्रमको कुल बजेट रु.८८०४६००।– (अक्षेरुपी अठासी लाख चार हजार छ सय मात्र) हुनेछ । कुल बजेट मध्ये रु. ३५९६४२५।– (अक्षेरुपी पैंतिस लाख छयानव्वे हजार चार सय पचिस मात्र) करुणा फाउन्डेसन नेपालले उपलब्ध गराउनेछ भने सूर्योदय नगरपालिकाको जिम्मेवारी रु.५२०८१७५।–      (अक्षेरुपी वाउन्न लाख आठ हजार एक सय पचहत्तर मात्र) हुनेछ । वार्षिक कार्यक्रमको क्रियाकलाप र कुल बजेट अनुसूची २ मा राखिएको छ ।

३. सूर्योदय नगरपालिकाको जिम्मेवारी

३.१ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यक्रम इकाई अन्र्तगतको निर्वाचित जनप्रतिनिधिहरु, राजनीतिक दल, स्थानीय तहको स्वास्थ्य, महिला वालवालिका अपाङ्गता तथा जेष्ठ नागरिक, शिक्षा तथा सामाजिक विषय क्षेत्र हेर्ने अधिकारी, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति, बिद्यालयहरु, अपाङ्गता भएका व्यक्ति एवं उनीहरुका घरपरिवारका सदस्यहरु तथा  अपाङ्गता भएका व्यक्तिहरुको समूह वा संस्था, महिला स्वास्थ्य स्वंय सेविका, आमा समूहहरू लगायत समुदायको सहभागितामा ठोस योजना र कार्यक्रम बनाउनेछ  । यसरी तर्जुमा गरिएका  योजना तथा कार्यक्रमहरु सूर्योदय नगरपालिकाको नगर परिषदबाट स्वीकृत गराई वार्षिक तथा आवधिक योजनामा अनिवार्य रुपमा समावेश गरिनुपर्नेछ । 

३.२ कार्यक्रम इकाई तथा वडागत रुपमा तयार पारिएको क्रियाकलाप संचालन गर्न त्यस कार्यक्रम इकाईका स्वास्थ्य सस्था संचालन तथा व्यवस्थापन समिति र विद्यालयहरु,  अपाङ्गता भएका व्यक्तिहरुका समूह वा संस्थालाई वडा कार्यालय मार्फत जानकारी गराई, कार्यक्रम संचालनको लागि निर्देशन दिने, योजना अनुसार माग भई आएको क्रियाकलाप संचालन गर्न पेश्की रकम उपलब्ध गराउने र नियमानुसार सक्कल विलभर्पाई सहितको आर्थिक र प्रगती प्रतिवेदन पेश गर्न लगाई पेश्की फछ्र्यौर्टे गर्नुपर्नेछ ।

३.३ कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आवश्यक सम्पूर्ण निर्णय र नेतृत्व सूर्योदय नगरपालिकाले आपैm गर्नेछ । यस्तो निर्णय प्रक्रियामा आमन्त्रित सदस्यका रूपमा स्थानीय तहको स्वास्थ्य क्षेत्र हेर्ने स्वास्थ्य संयोजक, शिक्षक, अपाङ्गता भएका व्यक्तिको  परिवारका सदस्य प्रतिनिधि  र अपाङ्गता भएका व्यक्तिको समूहका सदस्यको पनि प्रतिनिधित्व गराउन सक्नेछ ।

३.४ सूर्योदय नगरपालिकामा रहेको स्वास्थ्य संस्थाका जनशक्ति लगायत सम्पूर्ण स्रोत र साधनको सही परिचालन र उपयोग गर्र्ने गरी हेरचाहका लागि उत्प्रेरणा ९क्ष्लकउष्चभद्दऋबचभ० कार्यक्रम मासिक, त्रैमासिक, वार्षिक योजना तर्जुुमा, कार्यान्वयन र अनुगमन समेत गर्ने जिम्मेवारी हुनेछ ।

३.५ कार्यक्रम कार्यान्वयनको नियमित अनुगमन, मूल्याङ्कन र प्रभावकारीता मापन गर्न सूर्योदय नगरपालिकाले आफ्ना संयन्त्रहरुको परिचालन गर्नेछ । 

३.६ सूर्योदय नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन तथा समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) सहजकर्ताहरु परिचालन गरी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्नेछ ।

३.७ सूर्योदय नगरपालिकाले हेरचाहका लागि उत्प्रेरणा ९क्ष्लकउष्चभद्दऋबचभ० कार्यक्रम अन्तर्गत अपाङ्गता रोकथामसँग सम्बन्धीत क्रियाकला स्थानीय स्वास्थ्य संस्थाहरु र समुदायमा आधारित पुनस्र्थापनासँग सम्बन्धीत क्रियाकलापहरु मिलिजुली समूह र समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता मार्फत संचालन गर्नेछ । 

३.८  सूर्योदय नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्र्न स्थानीय संस्थाहरुलाई आवश्यक निर्देशन दिनेछ । यस कार्यक्रमसँग मिल्ने प्रकृतिका अन्य संघसंस्थाका कार्यक्रम हरु संचालन हुने भएमा  ती संस्थाहरुसँग समन्वय गर्ने काम सूर्योदय नगरपालिकाको हुनेछ । 

३.९ सूर्योदय नगरपालिकाले प्रशासनिक र आर्थिक क्रियाकलाप संचालन गर्दा प्रचलित नियम कानुनको अधीनमा रही गर्नेछ र सोका लागि आवश्यक कार्य सञ्चालन निर्देशिकाहरू तयार गर्न सक्नेछ । 

३.१० करुणा फाउन्डेसन नेपालबाट निकासा भएको रकम कार्यक्रम सम्झौताको अवधि समाप्त हुँदासम्म पनि खर्च नभएको खण्डमा सूर्योदय नगरपालिकाले बाँकी रहेको सबै रकम करुणा फाउन्डेसनलाई फिर्ता गर्नुपर्नेछ ।

३.११ वार्षिक कार्ययोजनामा तय भएका क्रियाकलापहरुका आधारमा  सूर्योदय नगरपालिकाले  त्रैमासिक रूपमा सञ्चालन गरिने क्रियाकलापको योजना र त्रैमासिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन करुणा फाउण्डेसन नेपाललाई उपलब्ध गराउनु पर्नेछ ।

३.१२ सूर्योदय नगरपालिकाले हेरचाहका लागि उत्प्रेरणा (Inspire2Care) कार्यक्रमको वार्षिक लेखापरीक्षण गराई प्रतिवेदनको एक प्रति करुणा फाउन्डेसन नेपालमा उपलब्ध गराउनेछ । करुणा फाउन्डेसन नेपालले आवश्यकता अनुसार सूर्योदय नगरपालिकासँग आवश्यक समन्वय गरी लेखा विवरण हेर्न सक्नेछ ।

३.१३ सूर्योदय नगरपालिकाको तर्फवाट हेरचाहका लागि उत्प्रेरणा ९क्ष्लकउष्चभद्दऋबचभ० कार्यक्रमको प्रभावकारी कार्यान्वयन र समन्वयका लागि एकजना सम्पर्क व्यक्ति (Focal Person)  रहने छ । 

४. करुणा फाउन्डेसन नेपालको जिम्मेवारीः

४.१ करुणा फाउन्डेसन नेपालले सम्झौतामा उल्लेखित क्रियाकलापहरु कार्यान्वयनका लागि तोकिए अनुसारको आर्थिक, प्राविधिक, व्यवस्थापकीय र अन्य आवश्यक सहयोग गर्नेछ ।

४.२ करुणा फाउन्डेसन नेपालले यस सूर्योदय नगरपालिका सँग भएको सम्झौता बमोजिमको रकम कार्य प्रगतिका आधारमा त्रैमासिक रूपमा निकासा गर्नेछ ।

४.३ कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रम कार्यान्वयनको निरन्तर अनुगमन र मूल्याङ्कन गर्नुका साथै स्थानीय तह र जिल्ला स्थित सम्बन्धित कार्यालयहरुसँग आवश्यक समन्वय समेत गर्नेछ ।

४.४ कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न समुदायमा आधारित पुनस्र्थापना सहजकर्ताहरु, स्वास्थ्य कर्मीहरु एवं अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्बन समूह एवं संस्थाहरुको क्षमता र सिप अभिबृद्धिका लागि आवश्यक  तालिम प्रदान गर्नेछ ।

४.५ कार्यक्रमकोे उद्देश्यसँग मेल खाने अन्य संघसंस्थाहरुसँग  सम्बन्ध स्थापना गर्नका लागि सूर्योदय नगरपालिकालाई सहयोग गर्नछ । 

४.६ कार्यक्रम अन्तर्गत गरिने अध्ययन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्यका लागि आवश्यक सहयोग गर्नेछ ।

४.७ कार्यक्रमको अुनगमनका लागि सूर्योदय नगरपालिकामा आउनुहुने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधिहरुसँग सूर्योदय नगरपालिकाको अन्य विषयगत क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न आवश्यक पहल गर्नेछ ।

५.अविच्छिन्न भागका रूपमा रहने ः 

अनुसूची — १ मा समावेश गरिएको करुणा फाउन्डेसन नेपालको हेरचाहका लागि उत्प्रेरणा ९क्ष्लकउष्चभद्दऋबचभ० कार्यक्रम कार्यान्वयन सम्बन्धी आधारभूत सिद्धान्तहरू र अनुसूची २ मा संलग्न गरिएको सबै कार्यक्रम इकाई÷वडाहरुको योजनाहरु यस सम्झौताको अविच्छिन्न भागका रूपमा रहने छन् । 

६. सम्झौता भङ्ग गर्न सकिने ः 

 सम्झौताका दुवै पक्षले सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि सबै प्रकारका समन्वय, सहकार्य र समझदारी गर्नेछन् । कुनै कारणले सम्झौतामा उल्लेख भए बमोजिमका कार्यक्रम पारदर्शी ढङ्गले सञ्चालन गर्न नसकेमा वा अपेक्षित सफलता प्राप्त गर्न नसकेमा वा प्रचलित नीतिमा परिवर्तन भई सो कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था भएमा दुवै पक्षको समझदारीमा सम्झौता भङ्ग गर्न सकिनेछ ।       

७. सम्झौता परिमार्जन ः 

समुदायको आवश्यकता पूरा गर्न दुवै पक्षको सहमतिमा यस सम्झौतामा आवश्यक परिमार्जन गर्न सकिनेछ ।