अपडेट
"सूर्योदय नगरपालिकाको प्राङ्गरिक प्रवर्धन अभियान"
नगरप्रमुख श्री रणबहादुर राईज्यूको निर्देशनमा १४ वटै वडाहरुको टोल विकास संस्थाहरुमा २०७५।११।१४ बाट २०७५।१२।०१ सम्ममा भएको यस कार्यक्रमलाई आर्थिक विकास समिति संयोजक श्री देबेन्द्र शर्माज्यूले संयोजन साथै नगरउपप्रमुख लगायत सम्बन्धित वडाध्यक्षज्यू,टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थितिमा भएको थियो।
उक्त कार्यक्रममा कृषि अनुसन्धान परिषद नार्कमा ३० बर्ष अनुसन्धान गर्नु भएका कृषि बैज्ञानिक श्री खड्गभक्त पौड्यालज्यू आविस्कार गर्नुभएको लाभदायक जिवाणुको मिश्रण झोल "जिवातु"द्वारा जैविक मल तथा जैविक झोल निर्माण र प्रयोग विधि तथा तालिम कृषकहरुमाझ दिनुभएको थियो।